Logo

मनसुन आगामी ३ दिनलाई सक्रिय हुने देखिन्छ : गंगा नगरकोटी (मौसमविद्)



मौसमविद् गंगा नगरकोटीले आगामी तीन दिनसम्म भारी वर्षा हुने र त्यसपछि मौसममा क्रमिक रूपमा सुधार आउने बताएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रदेश नं १, २, गण्डकी, बागमती र प्रदेश ५ मा भारी वर्षाहरू भएको र ती स्थानका पहाडी भू–भागमा पनि पहिरोको जोखिम रहेको छ भने नदी कटौती क्षेत्रहरूमा बाढीको पनि जोखिम रहेको औंल्याएका छन् । प्रस्तुत छ पत्रकार धमलाले नगरकोटीसँग गरेको कुराकानीको सम्पादित अंश :

मौसमको बारेमा बताउनुस्, आज देशभरि पानी पर्दैछ कि छैन ? कहाँ–कहाँ पर्दैछ ? झरी कहाँ–कहाँ पर्दैछ ? बाढी÷पहिरो कहाँ कहाँ जाँदैछ ?

अहिले देशैभरि मौसम बदली छ । देशैभरि वर्षाहरू पनि भईराखेको छ । हल्कादेखि मध्यम वर्षा देशको धेरै ठाउँमा भइराखेको छ । प्रदेश नं १, २, गण्डकी, बागमती र प्रदेश ५ मा भारी वर्षाहरू पनि भएको छ । ती स्थानका पहाडी भू–भागमा पनि पहिरोको जोखिम रहेको छ भने नदी कटौती क्षेत्रहरूमा बाढीको पनि जोखिम रहेको छ ।

उसो भए आज दिनभरि मौसम परिवर्तन भईरहन्छ । पानी परिरहन्छ त ?
आज दिनभरि धेरैजसो समय वर्षा भईरहन्छ ।

देशको कुन–कुन भागमा बढी पानी पर्ला ?

आज देशैभरि पानी पर्ने सम्भावना छ । हल्कादेखि मध्यम वर्षा देशैभरि हुने सम्भावना छ । भारी वर्षा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नं ५ मा सम्भावना बढी रहन्छ ।

पानी परिरहँदा बाढी/पहिरो जाने सम्भावना कुन–कुन प्रदेशमा बढी छ ?

बाढी/पहिरोको जोखिम रहेको प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा जोखिम बढी नै रहन्छ ।

जोखिम बढी नै रहेको छ । कति दिनसम्म पानी परिरहला ?

मनसुन अहिले सक्रिय छ । आगामी ३ दिनलाई सक्रिय हुने देखिन्छ । त्यसपछि मौसममा क्रमिक रूपले सुधार आउने देखिन्छ ।
३ दिनसम्म लगातार पानी पर्दाखेरि जटिलताहरू आउलान् । डुबानहरू धेरै होलान्, मधेशमा ? डुबानको सम्भावना के छ ?
डुबानको पनि सम्भावना हुन्छ । भारी वर्षाको सम्भावना भएकोले डुबान पनि हुन सक्छ ।

के गर्दा ठिक हुन्छ ?

भारी वर्षाको सम्भावना भएकोले उहाँहरूले सर्तकता अपनाउनुपर्ने हुन्छ । हामीले गृहमन्त्रालयमा खबर गरिरहेका हुन्छौँ । त्यहाँबाट प्रक्रिया अगाडि बढ्ने हुन्छ । हामीले मौसमको पूर्व अनुमान गरेर कुन कुन ठाउँमा भारी वर्षा हुने त्यो बताइदिने हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot