Logo

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गुल्मपति तथा स्टाफ तालिम उद्घाटन



काठमाडौं : राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. २३ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम संचालन भएको छ । उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच साउन ५ गते उक्त तालिमको उद्घाटन गरेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले फौजी संगठनमा यस्ता तालिमको महत्वमाथि प्रकाश पार्दै प्रशिक्षार्थी अधिकृतहरुले तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न स्वस्फुर्त रुपमा कृयाशिलत रहनुपर्ने उल्लेख गरे । उनले अधिकृतहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका रहने यस्ता पेशागत तालिमले व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुकासाथै कार्यक्षेत्रमा खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल नेतृत्व प्रदान गरी उत्कृष्ट कार्यसम्पादनमा सघाउ पुग्ने उल्लेख गरे। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यस्ता फौजी तालिमले शारीरिक तथा मानसिक रुपमा सवल र सक्षम बनाई कार्यक्षेत्रमा खटिईदा भोलीका
दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरु तथा जस्तो सुकै कठिन र असहज परिस्थितीको पनि सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादनमा सघाउ पुग्ने बिश्वास व्यक्त गरे।

उनले कमाण्डर तहका अधिकृतहरुले निरन्तर अध्ययन तथा विश्लेषण गरी आफ्नो व्यक्तित्व बिकासमा समेत क्रियाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल ढंगले परिचालन भई राष्ट्र र संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि पूर्ण व्यावसायिक भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनुपर्ने बताए । उक्त तालिममा स्टाफ ड्युटिज, कमाण्ड तथा व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका
विषयविज्ञहरुबाट प्रशिक्षण गरिने कुरा समेत त्यसअवसरमा जानकारी गराईएको थियो । करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३५ जना सशस्त्र
प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्