Logo

फ्लोरिडामा आयोजित रिपब्लिकनको राष्ट्रिय सम्मेलन कोरोनाका कारण स्थगित



९ साउन : अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन स्थगित हुने भएको छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन्। उनले पूर्व निर्धारित समयमा उक्त सम्मेलन हुन नसक्ने जानकारी बिहीबार दिए ।

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका हुन् ।अमेरिकाको फ्लोरिडाको ज्याक्सनभिलामा सो सम्मेलन हुन लागेको थियो । तर उनले भने कि यो समय सम्मेलन गर्नका लागि उचित समय होइन । त्यसैले मैले यस समयमा साथीहरुलाई यो सम्मेलन स्थगित गर्नुपर्छ म उनीहरुलाई अनुरोध गर्नेछु ।

फ्लोरिडा राज्यमा पछिल्लो समयमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु बढ्दै गएका छन् । हाल सो सम्मेलनलाई सम्पन्न गर्न नसकिने ट्रम्पले बताएका हुन्। तर र अन्यत्रका कार्यक्रमहरु भने निरन्तर गर्न सकिनेछ ।

उनले नर्थ क्यारोलिनाका सम्मेलनहरु भने समयमै आयोजना गर्न सकिने जनाएका छन् । नर्थ क्यारोलिनामा आगामी अगष्ट २४ मा सम्मेलन राखिएको छ । अमेरिकामा पछिल्लो ससमयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् ।एएनआई



प्रतिक्रिया दिनुहोस्

Screenshot