Logo

ऐश्वर्या राय कोरोना संक्रमणमुक्त, अस्पतालबाट डिस्चार्ज



एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चन कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनीहरु आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

ऐश्वर्याका पति अभिषेक बच्चनले दुवैजना संक्रमणमुक्त भई मुम्बईस्थित नानाभाती अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गरेका छन् । उनले शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

गत हप्ता ऐश्वर्या र छोरी आराध्या कोभिड-१९ को संक्रमणपछि अस्पताल भर्ना भएका थिए । उनका पति अभिषेक र ससुरा अमिताभ बच्चन त्यस अघि नै भर्ना भएका थिए । दुवै अझै अस्पतालमा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot