Logo

सञ्जय खड्गी र अञ्जु पन्तको ‘आउ गोधुली’ बोलको गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ३१ बैशाख । संगितकार सञ्जय खड्गीको नयाँ संगीत सिर्जना ‘आउ गोधुली’ सार्वजनिक भएको छ । चर्चित गायिका अञ्जु पन्तको समेत स्वर रहेको उक्त गीतको भिडिओ म्युजिक नेपाल नामक युट्युव च्यनलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित नायिका रेजिना उप्रेती र राजन पौडेल फिचर्ड छिन् । गीतको शब्द रचना भने राजन पौडेलको छ । मदन घिमिरेको निर्देशन रहेको भिडिओको छायाँकन भने डम्बर राईले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्