जाजरकोट, साउन १४ । जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । गत ९ गते कुशे गाउँपालिका–१ का टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो ।
कुशे गाउँपालिका–१ स्याँक्रीका टेकबहादुरकी छोरी १६ वर्षीया औसरा, १३ वर्षीया धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो ।
फोटोः साउन ९ गते विषालु च्याउ खाई बिरामी भएका कुशे गाउँपालिका–१ स्याक्रीका २३ वर्षीय ललित चलाउने र ४५ वर्षीय टेकबहादुर चलाउनेको प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउँदै ।