Logo

प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण



काठमाडौं, १५ साउन । नेपाल प्रहरीको मुख्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार देखि बुधबारबीचको चार दिनमै ४४ जनामा कोरोना भाइरसको संक्रमण थपिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले चार दिनमा गएको चार दिनबीचमा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । कार्यक्षेत्रमा खटिने प्रहरीमा कोरोना संक्रमण थपिएपछि त्रास बढेको छ ।

देशभर कुल दुई सय २१ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पत्ता लागिसकेको छ । एक सय एक जना संक्रमणमुक्त भइसकेका छन् भने एक सय २० जना संक्रमित उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्