Logo

२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज



काठमाडौं, १६ साउन । नेपालमा कोरोना भाइरसका आज २ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १९ हजार ७ सय ७१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १४ हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आज १ सय ५१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्