Logo

काठमाडौं उपत्यकामा एकै दिन ३८ कोरोना संक्रमित



काठमाडौं, १६ साउन । आज शक्रबार काठमाडौं उपत्यकामा ३८ जनासहित देशभर २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । यसबारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

उपत्यकामा थपिएका आज कोरोना संक्रमित ३८ जना मध्ये काठमाडौंका सुरक्षाकर्मी सहित ३२ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जना रहेका छन् । योसँगै कुल संक्रमितको सख्या १९ हजार ७ सय ७१ पुगेको छ । २४ घन्टामा उपचार पछि निको भएर घर जानेको सख्या १ सय ५१ रहेको छ । हालसम्म उपचार पश्चात निको भएर घर जानेको सख्या १४ हजार ३ सय ९९ जना रहेको छ ।

त्यसमध्ये सक्रिय संक्रमितको सख्या ५ हजार ३ सय १६ रहेको छ । आज १० हजार ७ सय ६८ जनाको आरडिटी परिक्षणबाट २ सय २४ जनाको नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्