Logo

सांसद प्रदीप यादवलाई कोरोना पुष्टि



काठमाडौं, साउन १७ (नागरिक)–जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफु कोरोना संक्रमित भएको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् ।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन।

म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’उनले फेसबुकमा लेखेका छन्। तर, कुन अस्पतामा गरिएको परिक्षणमा उनी संक्रमित रहेको पत्ता लागेको त्यो भने उनले उल्लेख गरेका छैनन् ।

यादवले आफू चाँडै कोरोना मुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot