Logo

आज चट्याङ्ग सहित वर्षाको सम्भावना



काठमाडौं, साउन १९ । आज देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर(पश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका बाँकी स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन समेत विभागले अनुरोध गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot