Logo

अख्तियारमा फैलियो कोरोना संक्रमण



काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोरोना भाइरसको संक्रमण फैलिएको पत्ता लागेको छ । अख्तियारका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीसहित झण्डै दुई सयजनाको नमुना संकलन गरी परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पत्ता लागेको हो ।

संक्रमितमध्ये अधिकांश सुरक्षाकर्मी छन् । स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महााशखाले आइतबार नमुना संकलन गरी परीक्षण गरेकोमा संक्रमण पत्ता लागेको हो ।

संक्रमितहरुको पहिचान भएकाले खबर गरिसकिएको बुझिएको छ । अब उनीहरुसँग सम्पर्कमा आएकालाई शतर्क रहन भन्दै कनट्रयाक्ट ट्रेसिङको प्रक्रिया बढाइने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot