Logo

कोरोनाको कहरः ज्यान गुमाउनेको संख्या सात लाख नाघ्यो, एक करोड ८७ लाख बढी संक्रमित



काठमाडौं, साउन २१ । विश्वभर एक करोड ८७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८७ लाख एक हजार एक सय ६७ जना पुगेको छ ।

यस्तै,बुधबार विहानसम्म सात लाख चार हजार तीन सय ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड १९ लाख १५ हजार दुई सय ६४ जना कोरोना मुक्त भइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ६० हजार दुई सय ९० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९६ हजार ९६, भारतमा ३९ हजार आठ सय २० जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

त्यहाँ आजसम्म ४८ हजार आठ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै आठ सय ५७ जनाले ज्यान गुमाएका छन् भने ६ हजार एक सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot