Logo

३६० कोरोना संक्रमित थपिए, उपत्यकामा ८७



काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ७ सय ५० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १५ हजार ३ सय ८९ जना संक्रमण मुक्त भएका छन् । आज २ सय ३३ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्