काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जनाको मृत्यु पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा मोरङका दुई, सर्लाही, धनुषा र सप्तरीका एक-एक जना छन् । उनीहरुमध्ये चार जनाको हिजो र एकजनाको १७ साउनमा मृत्यु भएको हो ।
मृतकमध्ये ५१ पुरुष, १३ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।
मृतकको विवरण
१. मोरङ जिल्ला रंगेली नगरपालिका ८ दरवेसाका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अञ्चल अस्पतालमा लगिएकोमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
२. मोरङ विराटनगरका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अस्पतालमा निधन । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
३. सर्लाही जिल्ला मलंगवा ८ की ६५ वर्षीया महिलाको २१ साउनमा सशस्त्र प्रहरी बल हलचोकस्थित अस्पतालमा निधन भएको । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४. धनुषा मिथिला नगरापलिका लालगढकी ७२ वर्षीया महिलाको १७ साउनमा ओम अस्पतालमा निधन । १७ गते विहान दम, मधुमेह र उक्त रक्तचापको विरामी निमोनिया भएपछि अस्पताल भर्नाभएकी । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५. सप्तरीको रुपनी नगरपालिकाका ४२ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको