Logo

बहिनी बलात्कारका आरोपी वडा अध्यक्ष जेल चलान



कालिकोट, साउन २४ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।

अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालयले २४ दिन हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान गरी सरकारी वकिलमार्फत आफ्नो मागदाबी सहित मुद्दा अदालतमा पेश गरेको थियो । शुक्रबार अदालतले वडा अध्यक्ष शाहीलाई कारागार चलानको आदेश दिएको हो ।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका वडा नं। ६ निवासी १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको निष्कर्ष प्रहरीले निकालेको छ । वडा अध्यक्ष जगधीश शाहीकी बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा वडा अध्यक्षले आफ्नै घरमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । जतिबेला किशोरी १३ वर्षकी थिइन्।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार भएको प्रहरीले दाबी रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot