Logo

दश दिनमा आईसीयूमा भर्ना हुने सङ्क्रमित चार गुणाले बढ्यो



काठमाडौँ, २७ साउन। पछिल्लो दुई सातामा गहन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना सङ्क्रमितको सङ्ख्या चार गुणाले वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुनुका साथै सघन उपचार आवश्यक हुने बिरामीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।

मन्त्रालयका अनुसार हाल ९३ जना कोरोनाभाइरस सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । शरीरमा कृत्रिम रुपले वायु सञ्चारको लागि भेन्टिलेटरको प्रयोग गरिन्छ ।

साउन १४ गते देशैभरि कुल २२ जना कोरोना सङ्क्रमित सघन उपचारका लागि आईसीयूमा भर्ना भएका थिए । साउन २४ गते सघन उपचारमा २४ जना थिए । पछिल्लो दश दिनमा उक्त सङ्ख्या ९३ पुगेको हो । साउन १४ गते १९ हजार २७३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । स्वास्थ्य विज्ञहरूका अनुसार दीर्घरोगी तथा वृद्ध उमेर समूहका व्यक्तिमा प्रतिरोध क्षमता कमजोर भएकोले सङ्क्रमित भएको अवस्थामा जोखिम बढी हुन्छन् ।

सुरुमा सङ्क्रमणको पुष्टि हुनेमा विदेशबाट फर्किनेहरू अधिकांश थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सङ्क्रमित हुने अधिकांश युवा उमेर समूहको रहेकाले सघन उपचारको आवश्यकता देखिएन र मृत्युदरसमेत निकै कम मापन गरिएको हो । तर पछिल्ला केही दिनमा वृद्ध र किशोर अवस्थाका व्यक्ति सङ्क्रमित हुन थालेपछि सघन उपचार गराउने बढ्दैछन् । परिणामस्वरुप मृत्यु हुनेसमेत बढेको छ ।

पछिल्लो १२ दिनमा मात्रै तीस जना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । जेठ ३ गते नेपालमा पहिलो पटक एक जना सुत्केरी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । सघन उपचारमा जानेको सङ्ख्या वृद्धि भइरहँदा मृतकको सङ्ख्या पनि बढ्दो छ । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

 

प्रदेश २ मा ५४ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हाल तीन हजार १४४ जनामा सङ्क्रमण सक्रिय छन् । प्रदेश २ मा कुल सक्रिय सङ्क्रमितको एक दशमलब ७१ प्रतिशत बिरामी सघन उपचारमा छन् । उक्त प्रदेशमा हालसम्म ३३ जना सङ्क्रमितको मृत्यु भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्