Logo

श्रीमतीको जीवन लम्ब्याउन ६ बर्ष ब्रत बसेँ,उनलाई सम्झेर अहिले पनि रुन्छु: मदनकृष्ण श्रेष्ठ



काठमाडौं, २७ साउन । क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको मनोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विगतमा बच्चाहरुका लागि र्याम्प शो, बष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो ।

इच्छा भए उपाय अनेक भनेझै देशनै कोरोनाको चपेटामा परेको बेला कोरोना जितेर आफ्नो स्वास्थ्य उपचार लगायतका बिषयमा चिन्तित बिरामीलाई थप तनाव हुनुहुन्न र उनीहरुको जिवन हासिखुशी जिउन सक्ने आधारको खोजिगर्दै आउनुभएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका अध्यक्ष प्रा।सुधिर श्रेष्ठले क्यान्सर जितेका बिरामीहरुको सकृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताउनुभयो ।

कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ सम्मलाई सेलिब्रेटी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गर्नुभयो । उहाँले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लोकेश्वरी शाक्य, गिता चित्रकार भएको उद्घोष गर्नुभयो । त्यसैगरी कविता प्रतियोगितामा प्रथम गंगा केसी, द्धितिय सृजना लुईटेल चापागाई र तृतिय अनिता श्रेष्ठ हुनुभएको घोषणा गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot