Logo

कोरोना अस्पतालमा दुई जनाको मृत्यु,एकको रिपोर्ट पोजेटिभ अर्काको आउँन बाँकि



बुटवल, साउन २८ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

मृतक मध्ये एक जनाको कोरोना संक्रमित रहेपनि अर्का एकजनाको भने परिक्षण गरिएको थिएन् । दुवैजनाको भेन्टिलेटरमा राखी उपचार हुँदै आएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक दुबै कोरोना सम्बन्धि लक्षण देखिएपछि साउन २५ गते अस्पताल भर्ना भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्