Logo

आज कोरोनाबाट मृत्यु भएका आठ जना को को (विवरणसहित)



काठमाडौं, २८ साउन । नेपालमा आज एकै दिन सर्वाधिक आठजना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन आठ जना संक्रमितको मृत्यु पुष्टि भएको जनाएसँगै कुल संक्रमति संख्या ९१ पुगेको हो ।

आज मृत्यु हुनेहरुमा ६ पुरुष र दुई महिला छन् । पुरुषहरु धादिङ, धनुषा, सप्तरी मोरङ, कपिलवस्तु र बाराका हुन् । महिलाहरु काठमाडौं र धनुषाका हुन् ।

आजसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७१ पुरुष, १९ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृत्यु हुनेको विवरण
१. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका टेकु १२ की ७८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु । २८ साउनमा कोरोना संक्रमण बाट मृत्यु पुष्टि
२. धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको ललितपुरको मेडिसिटी अस्पतालमा २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
३.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
४.धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ का ३२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । ह्याम्स अस्पतालमा मृत्यु भएकोमा २८ साउनमा मृत्यु पुष्टि
५.सप्तरी जिल्ला डाकेस्वरी नगरपालिका राजविराजका ७२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । पाटन अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
६.मोरङ जिल्ला बुढिगंगा नगरपालिका गंगाचोक २ का ५५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । विपी कोइराला प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
७.कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका २ का ४२ वर्षिय पुरुष २८ साउनमा मृत्यु । बुटवल विशेष कोरोना अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
८. बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । किस्ट अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि



प्रतिक्रिया दिनुहोस्

Screenshot