Logo

मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण



एजेन्सी, २९ साउन । राम जन्मभुमि तीर्थस्थल ट्रस्टका अध्यक्ष नृत्यगोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई संक्रमण भएको पुष्टि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेका हुन् । ५ अगष्टमा अयोध्यामा राम मन्दिरको भुमि पुजन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दा दास पनि सहभागी थिए । उनलाई संक्रमण भएपछि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन भनिएको छ ।

डाक्टरहरुको एक समुहले उनको उपचार गरिरहेका छन् । योगीले फोनबाट उनको स्वास्थ्यको जानकारी लिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार नृत्यगोपाल दासलाई चिसो, रुघा र हल्का ज्वरो आएको थियो । सीएम योगी आदित्यनाथले पनि नृत्यगोपालको बारेमा जानकारी लिएका छन ।

आदित्यनाथले मेदान्त अस्पतालका डाक्टर त्रेहनसँग कुराकानी गर्दै समुचित चिकित्सकीय सुविधा उपलब्ध गराउन आग्रह गरेका थिए । नृत्यगोपाल दास श्रीकृष्ण जन्मोत्सवमा सहभागी हुन मथुरा गएका थिए । जन्मोत्सव पछि स्टेट बैंकस्थित राम मन्दिरमा रोकिएका थिए । चिसो र हल्का ज्वरो आएपछि कोरोना भाइरसको जाँच गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot