Logo

एक करोड बढी हिनामिना गर्ने असई अख्तियारको थुनामा



काठमाडौं, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई एक करोड आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४र७५ र आव ०७५र७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot