Logo

भारतसँग जस्तो सम्बन्ध हामीले चाहेर पनि अन्य देशसँग बनाउन सक्दैनौं : मण्डल



नागरिक समाजका अगुवा गणेशकुमार मण्डलले नेपाल भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुको विकल्प नरहेको स्पष्ट पारेका छन् । भारतबाहेक अन्य देशसँग नेपालको त्यो किसिमको सम्बन्ध चाहेर पनि नेपालले बनाउन नसक्ने उनको दाबी छ । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ मण्डलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल भारत द्धिपक्षीय सम्बन्धमा समस्याहरू कहाँ छन् ?

हाम्रो नेपाल र भारतको सम्बन्ध जुगजुगदेखि चलिरहेको छ । इतिहासमै पहिलोपल्ट भारतले एकदमै सानो रूपमा सूचना आदानप्रदानको माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धमा आइसब्रेक हुने अवस्थाका संकेतहरू पाएको छु । भारतले स्वतन्त्रता दिवस १५ अगस्टमा नै किन मनाउँछ भने बेलायत जब भारतमाथि शासन गर्दै थियो, आजकै दिन हो, १४ अगस्ट राति ब्रिटिशले भारतलाई स्वतन्त्रता घोषणा गरेको थियो, भनेपछि भोलिपल्ट १५ अगस्टमा भारतले स्वतन्त्रता दिवस मनाउँछ । झण्डा फहराउने काम मात्र हुन्छ हाम्रोमा । स्वतन्त्रता दिवसमा भारतमा झण्डात्तोलन हुन्छ ।

नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन देखिएको छ नि ?

अहिलेसम्म नेपाल र भारतको बीचमा जे समस्याहरू थिए, त्यो एउटा लेभलमा नेपालका प्रधानमन्त्रीका केही कारणहरूले जुन कुराले भयोे, नेपाल र भारतका जनताका लेभलमा त्यो कुराहरू सरकारले चाहँदैमा नेपाल र भारतको जनताबीचको सम्बन्ध बिग्रिदैँन । हाम्रो लाइफलाइन भारतसँग जोडिएका छन् । प्राकृतिक लाइफलाइनको खिलाफमा गएर हामीले काम गर्न सक्दैनौँ । हामी यस्तो भूराजनीतिमा बाधिएको नेपाल, जतिसुकै जे गरेपनि भारतबाहेक अन्य देशसँग हाम्रो त्यो किसिमको सम्बन्ध हामी चाहेर पनि बनाउन सक्दैनौँ । मात्र सरकार होइन कि पार्टी पार्टीबीचको सम्बन्ध हुन्छ, भारतसँग । नागरिकबीचको सम्बन्ध हुन्छ । व्यापारिक सम्बन्ध छ । त्यसपछि बिहेवारीको सम्बन्ध छ । रोटीबेटीको सम्बन्ध छ । उस्तै उस्तै हावापानी भएको कारणले त्यसमा सम्बन्ध छ । अहिले महामारी भारतमा बढ्दाखेरि नेपालमा बढ्दो रहेछ ।

बहुआयामिक सम्बन्ध छ हामीबीच तर हामी कहाँ चुक्यौँ ? के कारणले सम्बन्ध चिसियो त ?

कहिलेकाहीँ सम्बन्धमा उतारचढाव हुन्छ । सम्बन्धमा दुबै तर्फबाट कमीकमजोरीहरू भएकै हुन् । भारतले पनि हिजो के गरेको थियो भने तपाई हामीलाई हेर्ने दृष्टिकोण छुट्टै किसिमको थियो । कर्मचारी लेभलबाट हेपाहा दृष्टिकोणबाट हेथ्र्यो, त्यो भारतको प्रचलनहरूबाट गल्ती भयो । नेपालले पनि के हुन्थ्यो भने जे भए पनि हामी मालिकजस्तो भारतलाई मान्थ्यौँ । त्यो हाम्रो गल्ती थियो । सहअस्तित्वको सम्बन्धलाई हामीले अगाडि बढाएका थिएनौँ । तपाई हाम्रो पुस्ताले यो कुरा राम्ररी बुझेका छन् । यो महत्वलाई त्यही किसिमले मानसम्मान र इज्जत अगाडि बढाउँछ ।

नेपाल र भारतको सम्बन्धमा अब वार्ता होला ? मोदी र ओलीको बीचमा ?

हरेक समस्याको समाधान भनेको वार्ता र संवाद नै हो । आज १५ अगस्ट भारतको स्वतन्त्रता दिवसमा नेपालको तर्फबाट प्रधानमन्त्रीज्युले शुभकामना दिनुहुन्छ । सायद टेलिफोनमार्फत वार्ता हुन्छ ।

उसो भए आजै मोदी र ओलीको बीचमा फोनवार्ता हुन्छ ? आइसब्रेक हुनसक्छ आज ?

मलाई लाग्छ, शुभकामना उहाँले दिँदाखेरि हुनसक्छ । केही बिग्रेकै छैन । के बिग्रेको छ ? विगतको इतिहासलाई हेर्ने हो भने आजको दिनमा शुभकामना आदानप्रदान हुने चलन हाम्रो रहेको छ । परम्परालाई हेर्दा आज हुनुपर्ने हो । दुबैको बीचमा टेलिफोन संवाद होस् । दुई देशबीचको सम्बन्ध अगाडि झन् सुध्रिएर जाओस् भनेर कामना गरौँ ।



प्रतिक्रिया दिनुहोस्