Logo

आज ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो (भिडिओसहित)



काठमाडौं, ३१ साउन । आज थप ४६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण भएको जनाएका हुन् । उनकाअनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको थियो ।


आज थपिएका चार सय ६८ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । र, निको हुनेको संख्या १७ हजार दुई सय १ जना रहेको छ । हालसम्म एक सय दुई जनाको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot