एजेन्सी, १ भाद्र । पृथ्वीमा अहिलेसम्मकै सर्वाधिक तापक्रम रेकर्ड भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्यालीमा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेथ भ्यालीमा तापक्रम ५४.४ डिग्री तापक्रम रेकर्ड भएको हो । अमेरिकाको समुन्द्र किनारबाट आएको तातो हावाले उक्त तापक्रम रेकर्ड भएको हो ।
यसअघि पनि डेथ भ्यालीमै सर्वाधिक तापक्रम रेकर्ड भएको थियो । सन् २०१३ मा ५४ डिग्री रेकर्ड भएको थियो ।-Photo Source: Agency