Logo

ललितपुरमा एकैदिन ५० कोरोना संक्रमित थपिए



काठमाडौं, २ भाद्र । ललितपुरमा आज एकैदिन ५० जना थपिएका छन् । देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै २०५ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ४ सय ६१ जनाको पिसीआर परिक्षणमा १ हजार १६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ५ सय ८० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १३८ जना र ललितपुरका ५० जना र भक्तपुरका १७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २८ हजार २ सय ५७ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सख्या ११४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्