Logo

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजारभन्दा बढीे



२ भदौ  : ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजार ५७० पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ सङ्क्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा सोमबार १९ हजारम ाझरेको थियो । केही हप्ता अगाडिसम्म सङ्क्रमितको सङ्ख्या भने सोमबारको तुलनामा करिब तीन गुणाले बढी रहेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२० थपिएको र अहिलेसम्म कूल एक लाख आठ हजार ५३६ पुगेको छ भने अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २४ लाख ७० हजार रहेको छ । ब्राजिलमा अझै नौ लाख मानिस सङ्क्रमित रहेका छन् ।

कोरोनाभाइरसका कारण विश्वभर दुई करोड १० लाख ५० हजारभन्दा माथि रहेको छ भने सात लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वमा अमेरिका पछि बढी सङ्क्रमित रहेको देश ब्राजिल हो भने क्रमशः भारत, रूस तथा दक्षिण अफ्रिका सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । यद्यपि मृत्यु सङ्ख्या भने रूस र दक्षिण अफ्रिकामा भन्दा भारतमा बढी रहेको छ । मृत्यु सङख्याका हिसाबले बेलायत, इटली, फ्रान्स र स्पेन बढी प्रभावित मानिन्छन् ।-एएनआई



प्रतिक्रिया दिनुहोस्