Logo

शनिबार ६३४ कोरोना संक्रमित थपिए



काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना भाइरसका आज ६ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । आज १३६ जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्