Logo

कोरोना भ्याक्सिन असुरक्षित भए राजीनामा दिने अमेरिकी अधिकारीको चेतावनी



एजेन्सी, ७ भाद्र । कोरोना भाइरसविरुद्वको भ्याक्सिनमा कुनै पनि राजनिति चलखेल भएमा वा भ्याक्सिन असुरक्षीत र प्रभावकारी नदेखिए अमेरिकी खाद्य र औषधी प्रशासनका उच्च अधिकारी पिटर मार्कले राजीनामा दिने बताएका छन् । खाद्य र औषधी प्रशासनका उच्च निर्देशक पिटर मार्कले भ्याक्सिनको मान्यता कुनैपनि राजनितिक दवावमा आएर नगरेको र यस्तो प्रकारको आरोप लागे आफू उक्त पदबाट राजीनानमा समेत दिने विषयमा उनले स्पष्ट पारेका हुन् ।

थोरै समय अवधिमा विकास भइरहेको भ्याक्सिनहरुले बैज्ञानिक र विज्ञहरुलाई केही मात्रामा असजिलो बनाइरहेको बताए । रुसले केही दिन अगाडी आफ्नो स्वउत्पादीत कोरोना भाइरसविरुद्व भ्याक्सिन तेस्रो चरणको परिक्षण नगरी बजारमा ल्याउने विषयले निकै आलोचना सह्नु परेको समेत उनले बताए र त्यसकारण भ्याक्सिन निर्माण संबेदनशील विषय रहेको उनको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावकै दौरान स्वउत्पादित खोपलाई प्रयोग गर्न तीव्रता दिन निर्देशन समेत दिएका छन् । राष्ट्रपतिको चुनाव अगावै खोपलाई जनता माझँ ल्याउनले राष्ट्रपति ट्रम्पको जोड रहेको मार्कले जानकारी दिएका छन् । तर, विज्ञहरुका अनुसार भ्याक्सिन अर्को वर्षको सुरुवातमा मात्र आउन सक्ने अनुमान लगाइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना रोकथाम र नियन्त्रण गर्न भ्याक्सिन मात्र उपाय रहेको र भ्याक्सिनको निर्माण नभएसम्म कोरोनालाई रोक्न मुस्किल रहेको जनाइसकेको छ । रोकथाम गर्न तत्काल जारी मापडण्डलाई पूर्ण रुपले सबैले पालना गर्न आवश्यक रहेको जनाइएको छ । कोरोना महामारी कारण विश्व व्यापी रुपमा परेको सम्पूर्ण असरलाई न्युनीकरण गर्न विश्व स्वास्थ्य संगठनले सहयोग पुर्याउने जनाइएर्का छ ।



प्रतिक्रिया दिनुहोस्