एजेन्सी, ८ भदौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए) ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको छ ।
आइतबार एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा फाइदा नै बढी भएकाले अनुमति दिएको उल्लेख गरेको छ ।एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसकेको छ ।
आइतबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुनः एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरु बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’-रेडियो एनआरएन/ Photo Source: Wired