Logo

आज ठुलो सख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित ३५ हजार नाघ्यो



काठमाडौं, ११ भाद्र । आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित संख्या ३५ हजार नाघेको छ । पछिल्लो २४ घन्टाभित्र संक्रमणबाट मृत्यु हुनेहरु बढेका छन् ।

देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । आज थपिएको संख्यासँगै कुल संक्रमित संख्या ३५ हजार नाघेको छ । हिजोसम्म कुल संक्रमितको सख्या ३४ हजार ४ सय १८ पुगेको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १७५ पुगेको औपचारिक जानकारी रहेको छ । आज थपिएकासँगै मृतक संख्या १८० नाघेको छ । यसको औपचारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्