Logo

आज सर्वाधिक ११ सय ११ कोरोना संक्रमित थपिए, ५६९ डिस्चार्ज



काठमाडौं, ११ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । आज ५६९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्