काठमाडौं, १३ भाद्र । कोरोना भाइरसबाट आज थप १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले नियमित प्रेस ब्रिफिङमा थप मृतकको संख्याबारे जानकारी दिएका हुन् ।
मृत्यु हुनेहरुमा ३ महिला र ९ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ सय ७ पुगेको छ ।
यसअघि हिजोसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको थियो । झण्डै एक महिनायता संक्रमणबाट दैनिक मृतक थपिइरहेका छन् ।