Logo

ताइवानमाथि आक्रमण गर्न अमेरिकाले उक्साइरहेको चीनको आरोप



एजेन्सी, १६ भदौँ । ताइवानलाई लिएर पुनः चीन र अमेरिकाबीच टकराव बढेको देखिन्छ । आइतबार ताइवानको आकाश र साउथ चाइना सीको भूभागमा अमेरिकन एयर फोर्सको जहाज उडिरहेको थियो । ताइवानको बेसबाट उक्त विमान जापानका लागि रवाना भएको थियो । तर, उक्त विमान ताइवानको एयर बेसबाट उडेको भन्ने औपचारिक जानकारी ताइवान एयर फोर्सले पुष्टि गरेको छैन् ।

चीनले दाबी गरिरहेको साउथ चाइना सीको टापुलाई लिएर तनाव बढ्दै गएको देखिन्छ । टापुमाथि आक्रमण गर्न चीनसंग पर्याप्त क्षमता नरहेको टापुमा रहेका सेनाहरुले जनाएका छन् । उक्त जानकारीले चीनलाई उक्साउन खोजेको चिनियाँ विज्ञहरुले जनाएका छन् । तनावलाई व्यापक मात्रामा बल दिन अमेरिकाले चीनलाई उक्त क्षेत्रमा पहिलो आक्रमण गर्न उक्साइरहेको चिनियाँ विज्ञहरुले चेतावनी दिइरहेका छन् । आइतबार इपी थ्री इ नामक एयर क्राफ्ट ताइवानबाट जापानतर्फ उडेको थियो । चिनियाँ विज्ञ अनुसार उक्त विमानले साउथ चाइना सीको निरिक्षण गरिरहेको जनाएका छन् ।

उक्त विमानबारे ताइवानले सोमबार जानकारी गराउँदै विमान हाम्रो बेसबाट उडेको कुनै प्रमाण नभएको दाबी गरेको छ । जापान तर्फ रवाना भरेको विमान अवतरण नगरी पुनः ताइवान पुगेको र चीनलाई बारम्बार अमेरिकाले तनाव सृजना गर्न उक्साइरहेको बुझिएको छ । ताइवानले उक्त विमानको अवतरण र उडानबारे विषयलाई वास्तवीक रुपमा किन लुकाइरहेको छ ? यसले तनावलाई बल दिएको स्पष्ट बुझिन्छ भन्दै चिनियाँ विज्ञहरुले दाबी गरेका छन् । चीनको विरुद्वमा अमेरिकाले ताइवानको एयरबेसमा आफ्नो अत्याधुनिक विमानहरुलाई राखेको र चाहे अनुसार प्रयोग गर्ने सक्ने चिनियाँ विज्ञहरुले ग्वोबल टाइम्सलाई उदृड गरेको छ ।

तत्काल टापु र अमेरिकाबीचको संयुक्त साझेदारीले चीनलाई नुक्सान पुर्याउन सक्ने र चीनको सर्वभौमसत्तामाथि असर पर्ने जनाइएको छ । चीनले आफ्नो सुरक्षा र सार्वभौम सत्ताकानिम्ति जस्तो सुकै परिस्थितिको सामाना गर्न पछि नपर्ने विज्ञहरुको चेतावनी रहेको छ । चीन भने उक्त विषयमा विवादलाई हावा दिन नचाहेको विज्ञहरुले जनाएका छन् । चीनको सैन्य शक्ति अत्याधिक बलियो रहेको आफ्नो तर्फबाट चीन विभिन्न अभ्यासहरुलाई तीव्रता दिइरहेको ताइवानले स्पष्ट पारेको छ । ताइवान एक्लै चीनसंग लड्न सक्षम नरहेको र अन्धकारको बाटोमा गइरहेको चिनियाँ विज्ञहरुले बताएका छन् । अमेरिकाको उपस्थितिले उक्त क्षेत्रमा तनाव कम हुन सट्टा बढ्दै गएको छ । चीनले साउथ चाइना सीमा आफ्नो अभ्यासलाई तीव्रता दिएको र आफ्नो सैन्य उपस्थितिलाई समेत बढाएको छ ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्

Screenshot