Logo

विश्वभर दुई करोड ५८ लाख कोरोना संक्रमित, आठ लाख ६१ हजार बढीले ज्यान गुमाए



 

काठमाडौं, भदौ १५ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५८ लाख ९८ दुई सय ७६ नाघेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ६१ हजार एक सय ३६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ८१ लाख ९१ हजार १४ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८८ हजार नौ सय ६, ब्राजिलमा एक लाख २२ हजार ६ सय ८१, भारतमा ६६ हजार चार सय ६०, मेक्सिकोमा ६५ हजार दुइ सय ४१ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ३९ जना नाघेको छ ।



प्रतिक्रिया दिनुहोस्