काठमाडौं, भदौ १७ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिकाका कोरोना संक्रमित ९७ वर्षीय पुरुषको वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
दुबैजनाको मंगलबार राति मृत्यु भएको हो।