Logo

आज १२ जना कोरोना संक्रमितको मृत्यु पुष्टि



काठमाडौं, १७ भाद्र । देशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले छ-छ जना महिला र पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।

गौतमका अनुसार आज थपिएकासँगै कुल मृतक संख्या २ सय ५१ पुगेको छ । जसमध्ये एक सय एक सय ८५ पुरुष र ६६ महिला छन् ।

देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ०.६० पुगेको छ । मृत्यु दर बढ्दै गएकाले कोरोनाको खतरा झन् बढेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्