Logo

आज १२ सय २८ कोरोना संक्रमित थपिए, ९१७ जना डिस्चार्ज



काठमाडौं,  १८ भाद्र । नेपालमा कोरोना भाइरसका आज १२ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय  ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २४ हजार  २ सय  ७ जना संक्रमणमुक्त भएका छन् । आज ९१७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्