Logo

कोरोनाको सुरक्षित र प्रभावकारी भ्याक्सिनका लागि कहिलेसम्म प्रतीक्षा गर्नुपर्ला?



काठमाडौँ १९ भदौ। ११ अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरसका विरुद्ध प्रभावकारी भ्याक्सिन बनाएको दाबी गरे। रुसले उक्त भ्याक्सिनलाई नाम दियो, स्पुतनिक–भी। रुसी भाषामा ‘स्पुतनिक’को अर्थ हुन्छ, स्याटलाइट। सोभियत यूनियनले सन् १९५७ मा विश्वको पहिलो स्याटलाइट बनाएको थियो, जसको नाम ‘स्पुतनिक’ राखिएको थियो।

भ्याक्सिनको नामबाट यस्तो प्रतीत हुन्छ कि, वर्षाै पहिले अन्तरिक्षको दौडमा सोभियत संघले अमेरिकालाई पछाडि पारेको जसरी एकपटक फेरि भ्याक्सिनको दौडमा पनि रुसले अमेरिकालाई पछाडि पारिदिएको भन्ने देखाउन चाहन्छ। रुसी राष्ट्रपतिले अफ्नी छोरीलाई उक्त भ्याक्सिनको डोज दिएको र उनी पूर्ण रुपमा स्वस्थ एको दाबी गरेका छन्।

तर, कोरोना भ्याक्सिनलाई लिएर पुटिनको उक्त दाबीप्रति वैज्ञानिक जगतमा आशंका फैलिएको छ। रुसले उक्त भ्याक्सिन करिब ७६ जनामा परीक्षण गराएको छ। जबकि परीक्षणको तेस्रो चरण बाँकी नै छ, जसमा कुनै भ्याक्सिन हजारौँ मानिसहरुमा परीक्षण गराएर मात्र प्रस्तुत गरिन्छ। यसैगरी, विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन बनाउने काममा दिनरात लागिपरेका छन्।

भ्याक्सिन छिट्टै बनाउने दबाब

कोरोना भाइरसको पहिलो भ्याक्सिन कहिलेसम्म बनिसक्छ, यस प्रश्नमा कोलम्बिया यूनिभर्सिटीको भायरोलोजिस्ट एन्जेला रेसमसन भन्छिन्, ‘मलाई लाग्छ भ्याक्सिन २०२० को अन्त्यसम्म वा २०२१ को सुरुवाती केही महिनासम्म बनिसक्छ, त्यो भन्दा पहिले होइन।’

कोरोना महामारीमाथि नियन्त्रण गर्नका लागि विश्वभरका रिसर्च इन्स्टीच्यूट र फार्मास्यूटिकल कम्पनीहरु सयभन्दा बढी भ्याक्सिनमाथि काम गरिरहेका छन्। चीनको ३, अमेरिकाको २ र व्रिटेनको एउटा भ्याक्सिन विश्व स्वास्थ्य संगठनको मापलदण्ड अनुसार परीक्षणको अन्तिम चरणमा पुगिसकेका छन्।

एन्जेला रेसमसनका अनुसार, यसमा तीन अलग–अलग टेक्नोलोजी प्लेटफर्मको प्रयोग भइरहेको छ। सबैले पहिले इम्यून सिस्टममा कोरोना भाइरसको पत्ता लगाउँछन् र फेरि उक्त हिसाबबाट एंटीबडी तयार गर्दछन्।

बेलायतमा अक्सफोर्ड यूनिभर्सिटी र ग्लोबल ड्रग्स फर्म एस्टरजेनेकाका साथ मिलेर जुन भ्याक्सिन बनाइरहेका छन्, त्यसमा कोरोना भाइरससँग मिल्दोजेल्दो भाइरसको प्रयोग भइरहेको छ, जसले सामान्य रुपमा केबल चिम्पान्जी माथि मात्र असर गर्दछ।

उता अमेरिकामा औषधी कम्पनी मोर्डन जिसले पनि भ्याक्सिनमाथि काम गरिरहेको छ, त्यसमा जेनेटिक मटेरियलको सहायताबाट स्पाइक प्रोटिन तयार पारिन्छ।

यि सबै भ्याक्सिनको सुरक्षा र इम्यून रेस्पोन्स जान्नका लागि एकदमै कम मानिसहरुमाथि परीक्षण भएको छ। त्यसपछि तेस्रो चरणको ट्रायल शुरु हुन्छ।

एन्जेला रेसमसनका अनुसार, तेस्रो चरणको ट्रायलका लागि कयौँ मानिसहरुलाई भ्याक्सिन दिइन्छ, हजारौँ मानिसहरुमा त्यसलाई लगाएर हेरिन्छ। यसमा जब यि मानिसहरु सामान्य जिन्दगीमा भाइरसको सम्पर्कमा आउँछन् तब कति सुरक्षित रहन्छ भन्ने हेरिन्छ। अन्य मानिसहरुसँग उनीहरुको तुलना गरिन्छ र यदि उनीहरु बिरामी परेनन् भने भ्याक्सिनले सही तरिकाले आफ्नो काम गरिरहेको मानिन्छ।

भ्याक्सिनको ट्रायल जब पशुहरुमा गरिन्छ तब कुरा फरक हुन्छ, तर जब त्यहीँ ट्रायल मानिसहरुमा गरिन्छ, तब उसको स्वास्थ्यसँग कुनै पनि प्रकारको गडबडी नहोस् भन्ने कुराको विशेष ख्याल राखिन्छ।

वैज्ञानिकहरुमाथि भ्याक्सिन छिट्टै बनाउने दबाब छ र यसका साथै अन्य खतराहरु पनि जोडिएका छन्।

एन्जेला रेसमसन भन्छिन्, ‘यदि तपाईसँग समय छैन र तपाईले एकदमै हतारमा काम गरिरहनुभएको छ भने तथ्यांकलाई ठीकसँग बुझ्न सक्नुहुन्न। ट्रायलमा पार्टिसिपेन्ट्सका लागि तपाई ती मानिसहरुलाई रिक्रुट गर्न सक्नुहुन्न, जो साच्चै नै रिस्क जोनमा रहन्छन्।’

यसको नतिजा भनेको, भ्याक्सिनको ट्रायलको यथार्थ नतिजा प्राप्त हुदैन र सटीक नतिजा प्राप्त नहुदाँ कुनै पनि भ्याक्सिन सफल हुन सक्दैन।

भ्याक्सिनको माग कसरी पूरा होला?

प्रयोगशालामा भ्याक्सिन विकसित गर्नु एउटा कुरा र लाखौँ–करोडौँ मानिसहरुका लागि भ्याक्सिन निर्माण गर्नु अर्काे कुरा।

भ्याक्सिनको निर्माण यति ठूलो मात्रामा कसरी सम्भव छ? यो प्रश्नको जवाफमा अमेरिकामा एल इन्स्टीट्यूट अफ ग्लोबल हेल्थका डाइरेक्टर साद उमर भन्छन्, ‘हामीले योभन्दा पहिले यति ठूलो मात्रामा कहिल्यै कुनै भ्याक्सिन बनाएका छैनौँ। भ्याक्सिनको लाइसेन्स प्राप्त भएपछि त्यसको उत्पादन बढाइन्छ। कोरोना भाइरसले जुन रुपमा हाहाकार मच्चाएको छ, त्यति नै ठूलो मात्रामा भ्याक्सिनका लागि लगानी भइरहेको छ। चाहे त्यो लगानीको एक हिस्सा बेकार नै किन नजाओस्।’

प्रयोगशालाबाट बाहिर निस्किएर ठूलो मात्रामा भ्याक्सिन बनाउनका लागि केही आवश्यक पूर्वाधारहरुको जरुरत पर्दछ, जसलाई फार्मास्यूटिकल कम्पनीहरुबाट आर्थिक सहायता प्राप्त भइरहेको छ। अरबपति बिल गेट्सले पनि यस्ता कयौँ फ्याक्ट्रीहरु निर्माण गर्नका लागि आर्थिक सहायता प्रदान गर्ने वचन दिएका छन्।

भ्याक्सिन निर्माणपछिको चुनौती

भ्याक्सिनलाई ठूलो मात्रामा बनाएपछि आगामी चुनौती भने त्यसलाई स्टोर गर्न हुनेछ, जसका लागि ठूला ठूला स्टोरेजको आवश्यकता हुनेछ। विश्वभरमा सही तापमानमा सही तरिकाबाट भ्याक्सिनलाई स्टोर गर्नु अधिक चुनौतीपूर्ण हुनेछ। खासगरी ती देशहरुमा जहाँ २४ घण्टा विद्युत सेवाको उपलब्धता छैन।

यद्यपी, यस मामलामा पुराना अनुभव पनि काम आउने भन्दै साद भन्छन्, ‘पोलियो, स्मल पक्स, मेनिन्जाइटिसको मामलामा हामीले भ्याक्सिनलाई लिएर कयौँ तार्किक चुनौतीहरु देखिसकेका छौँ। हामीसँग तरिकाहरु पहिले नै उपलब्ध छन् तर, फेरि पनि कोरोना भ्याक्सिनका लागि अब सटीक रणनीति बनाउन आवश्यक छ।’

कोरोना भाइरससँग लड्ने भ्याक्सिन विश्वको जुनसुकै देशले बनाएपनि त्यसलाई बाँकी देशहरुका साथ सहयोग गर्नपर्ने हुन्छ। तब मात्र भ्याक्सिनलाई ठूलो मात्रामा तयार गर्न सकिन्छ।-मेरोलागानीबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्