Logo

युवराज खतिवडालाई सबै मन्त्रालय हेर्नेगरि अधिकार दिईए मन्त्रीहरुलाई तह लगाईदिने !



काठमाडौं, २१ भदौ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अर्कै जिम्मेवारीसहित सिंहदरबार छिर्ने तयारीमा रहेको चर्चा चलेको छ । खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार नियुक्त गरेर सबै मन्त्रालयको अनुगमन गर्नेगरि विशेष जिम्मेवारीसहित पूनः सिंहदरबारमा ल्याउने तयारी गरेको गाँईगुँई चलेको छ । खतिवडाले पनि आफ्ना निकटहरुसँग सल्लाहकार दिएर सबै मन्त्रालय हेर्ने अधिकार दिईए सबै मन्त्रीहरुलाई तह लगाईदिने बताउन थालेका छन् ।

ओलीका लागि बामदेव बने वाध्यता

उनले आफू अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा केही मन्त्रीहरुले नटेरेको र पूरा असहयोग गरेको गुनासो समेत गर्न थालेका छन् । र, अब प्रधानमन्त्री ओलीले जिम्मेवारी दिएर सिंहदरबार भित्र्याए सबै मन्त्रीहरुमाथि लगाम लगाउने पनि उनको योजना छ ।  उनले भन्ने गरेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गरेर फेरि मलाई महत्वपूर्ण जिम्मेवारी दिए, म त्यो भूमिकामा खरो उत्रिनेछु ।’

युवराज खतिवडा ‘बाह्य शक्तिको इशारामा चलेको’ भन्दै कतै नियुक्ति नगर्न दबाब

तर, खतिवडालाई प्रधानमन्त्रीको सल्लाहकार नबनाउन पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीलाई दबाब सिर्जना भैरहेको छ । हुन त हालै बसेको मन्त्रिपरिषद बैठकमा ओलीले खतिवडाले धेरै राम्रो काम गरेको भन्दै उनको कामको प्रशंसा गरेका थिए । र, आवश्यक परे बाहिर बसेर पनि सहयोग गर्नुपर्ने अवस्था आउनेबारे उनले सुझाएका थिए । जवाफमा उनले बाहिर बसेरपनि प्रधानमन्त्रीलाई सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।

तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने

उता, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले पनि खतिवडालाई रुचाएका छैनन् । खतिवडालाई तत्काल कुनैपनि जिम्मेवारी नदिने प्रधानमन्त्रीको सचिवालय सदस्यहरुको योजना बनएका छन् । उनीहरुको बुझाईमा खतिवडा सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका होईनन । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot