Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ लाख ८७ हजार पाँच सय ४९ नाघ्यो



काठमाडौं, भदौ २२ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८८ हजार पाँच सय ९५ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ८७ हजार पाँच सय ४९ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ९३ लाख ७० हजार आठ सय ५८ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजार दुई सय ५०, ब्राजिलमा एक लाख २६ हजार ६ सय ८६, भारतमा ७१ हजार ६ सय ७८, मेक्सिकोमा ६७ हजार पाँच सय ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot