Logo

कोरोना संक्रमित बढेपनि भारतमा मेट्रो रेल पुनः शुरु



एजेन्सी, २२ भाद्र । भारतमा पाँच महिनापछि आजबाट मेट्रोरेल पुनः सुचारु गरिएको छ । रेल शुरु गर्दा भौतिक दुरी कडाईका साथ कायम गरिएको छ ।

भारतीय सञ्चारमाध्यमले मेट्रो रेल सञ्चालनका दृश्यहरु देखाएका छन् । मुख्य शहरहरुमा मानिसहरु रेलयात्रामा गएको दृश्य छ । १२ सेप्टेम्बरबाट भने भारतभर मेट्रोका सबै लाइन सुचारु हुनेछन् ।

क्यासलेस प्रणाली अपनाई कार्ड खरिद गरेर मात्र यात्रा गर्न छुट दिइएको छ । टोकनबाट यात्रा गर्न पाइनेछैन । दिल्लीमा तत्काल विहान ७ देखि ११ र साँझ ४ देखि ८ बजेसम्म मात्र मेट्रो रेल सञ्चालन हुनेछ । मास्क अनवार्य गरिएको छ ।

भारतमा दैनिक झण्डै एक लाख कोरोना भाइरसको संक्रमित थपिने क्रम चलेपनि मेट्रोरेल सुचारु गरिएको हो । भारत विश्वको बढी कोरोना संक्रमित देशहरुको सुचीमा दोस्रो स्थानमा उक्लिएको छ । उसले ब्राजिललाई पछि पारेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्