Logo

गाँजा ढुवानी गर्ने चालक



वीरगंज, २३ भदौ । १६५ किलो गाँजा बरामद भएको घटनामा संलग्न एकजनालाई इलाका प्रहरी कार्यालय, कोल्हवीले मंगलवार पक्राउ गरेको छ । भदौ १५ गते बिहान कोल्हवी नगरपालिका–९ श्रीपुरस्थित सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा प्रदेश नं.३–०१–०२२च ८१३४ नं. को कारबाट १६५ किलो गाँजा बरामद गरेको थियो ।

घटनापछि सो कारका चालक फरार भएको र खोजतलास गर्ने क्रममा प्रहरीले कोल्हवी नपा–५ सोनाभार टोल बस्ने २२ वर्षीय सन्नी भन्ने गौरीशंकर चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot