Logo

रुसले नोभेम्बरमा ठुलो परिमाणमा कोरोनाविरुद्धको भ्याक्सिन पठाउने



एजेन्सी, २३ भाद्र । रुसले ठुलो परिमाणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनलाई गति दिन थालेको छ । उसले पहिलो चरणको उत्पादन गरिसक्दा ठुलो परिमाणमा भ्याक्सिन उत्पादन गर्न लागेको हो ।

रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले नोभेम्बर या डिसेम्बरभित्र ठुलो परिमाणमा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन भई उपलब्ध गराइसकिने जनाएका छन् । रुसी समाचार संस्था तासले मुरास्कोको भनाई उदृत गर्दै यस्तो जानकारी दिएको हो ।

यसअघि रुसले भ्याक्सिनको पहिलो चरणको उत्पादन भएको जानकारी दिएको थियो । स्पुतनिक भी नामा दिइएको भ्याक्सिन गेमेलिया नेस्नल रिसर्च सेन्टरले उत्पादन गरेको हो ।

भ्याक्सिन ११ अगष्टमा अनुमोदन गरिएको थियो । आज पहिलो संस्करणको भ्याक्सिन निकालिएको छ । यसै हप्ता यसको प्रयोग सर्वसाधारणमा हुँदैछ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्