Logo

डिउटीमै ढलेर मृत्यु भएका प्रहरीको हत्या आशंका



कञ्चनपुर, भदौ २४ । कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भई उपचारका क्रममा मृत्यु भएका प्रहरी जवानको हत्या आशंका गरिएको छ।

मृतक डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरका परिवारले हत्याको आशंका गरेका हुन्।

मृतकका भाई ईन्द्र ऐरले उनको टाउको र छातीमा चोट देखिएको, शरिरमा खुट्टादेखि टाउको सम्म वालुवा लागेले हत्याको आशंका लागेले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

उनले आफ्नो दाजुको उमेर २२ वर्ष मात्र पुगेकाले ह्रदय घात भएको दावीमा सत्यता नभएको बताए। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत ऐर शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका बेला एक्कासी ढलेर बेहोस भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्