Logo

आज कोरोना संक्रमित १०८१ जना थपिए, ९१८ जना डिस्चार्ज



काठमाडौं,  २४ भाद्र । नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३३ हजार  ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । आज ९१८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्