Logo

युएस ओपनमा सेरेना पराजित हुँदा ओसाकासँगको फाइनल भिडन्त अधुरै



एजेन्सी, २६ भाद्र । युएस ओपन टेनिसको महिलातर्फको फाइनलमा अमेरिकी सेरेना विलियम्स र जापानी नोआमी ओसाकाबीचको फाइनल हेर्ने सपना अधुरै भएको छ । आज विहान सम्पन्न सेमिफाइनलमा सेरेना पराजित हुँदा फाइनलमा पुग्न असफल भएकी छिन् ।

बेलारुसकी भिक्टोरिया एजेरेन्कासँग १-६, ६-३ र ६-३ ले पराजित हुँदा सेरेना इतिहास रच्नबाट रोकिएकी छिन् । पहिलो सेटमा सहज जित निकालेपनि उनी चोटका कारण बाँकी दुई सेट गुमाउन पुगिन् ।

एजेरेन्काले सन् २०१८ को युएस ओपन विजेता ओसाकासँग उपाधिका लागि भिड्नेछिन् । ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई पराजित गरी फाइनलको यात्रा सुनिश्चित गरिन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा ओसाकाले ७-६, ३-६ र ६-३ ले खेल जितिन् । पहिलो सेट निकै प्रतिष्पर्धात्मक भएको थियो । यही सेटले जित निर्धारण गर्न सक्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot