Logo

ब्राजिलमा कोभिड-१९ का सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी



२६ भदौ: ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । उक्त कुरा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाएको छ ।

यो सँगै ब्राजिलमा कोभिड १९ का सक्रमितहरुको संख्या करिब ४२ लाखभन्दा बढी पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार त्यहाँका कोभिड-१९ का संक्रमितहरुको जम्मा संख्या ४२ लाख ३८ हजार ४६४ जना पुगेको बताइएको हो ।

उक्त मन्त्रालयका अनुसार संक्रमणबाट गएको २४ घन्टामा ९८३ जनाको ज्यान गएको छ । यो सँगै १ लाख २९ हजार ५२२ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता शुक्रबार बिहानसम्म संक्रमणबाट ९८३ जनाको ज्यान गएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

कोरोना भााइरसबाट सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल अमेरिका र भारतपछिको तेस्रो स्थानमा पर्ने देश हो । अमेरिकामा करिब ६४ लाख मानिस संक्रमित भएका पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी भारतमा भने यो संख्या ४६ लाखभन्दा केही बढी छ । यसै हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो । यसअघि ब्राजिल नै अमेरिका पछि थियो ।

यसैबीच प्राप्त पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ७९ लाख मानिस संक्रमित भएका छन् भने ९ लाखभन्दा बढीको ज्यान गएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्