Logo

नक्कली सशस्त्र प्रहरी पक्राउ



वीरगंज, २६ भाद्र । पर्साको प्रहरी चौकी महादेवपट्टीले एकजना नक्कली सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको असई भन्दै सर्वसाधारण र व्यापारीलाई दुःख दिएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रहरी चौकी महादेवपट्टीले जीराभवानी गाउँपालिका वडा नं. १ बेल्वाटाडी निवासी राजा यादवलाई पक्राउ गरेको प्रनि सिकेन्द्र पाण्डेले जनाएका छन् ।

उनलाई कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको प्रनि पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot