Logo

वीरगंजमा चहलपहल बढ्यो



वीरगंज, २६ भदौ । वीरगंजमा आज बिहानैदेखि चहलपहल बढेको छ । वीरगंजका सबै पसलहरू हरेक दिन बिहान ११ देखि ४ बजेसम्म खोल्ने भएकोले चहलपहल बढेको हो । आज बिहानैदेखि किनमेलका लागि सर्वसाधारणहरुको बजारमा चहलपहल बढेको छ भने मोटरसाइकल, ईरिक्शालगायत निजी सवारीसाधन पनि चलेका छन् ।

बिहीवार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाड्ढो अध्यक्षतामा बसेको बैठकले जिल्ला सुरक्षा समितिको बैठकले भदौ २५ गते राति १२ बजेसम्मका लागि लगाएको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौं ३१ गते रातिसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।

बैठकले शनिवार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । फलफूल र तरकारी बजार प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोडमा सञ्चालन गर्न दिइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot